Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ।

साताको दोस्रो दिन नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ अंकमा कायम भएको हो।

आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा खुम्चिएको छ । आइतबार २ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १ अर्ब ७५ करोडमा खुम्चियो ।

कुल ६१ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रहरुको उतारचढाव सामान्य देखिएको छ ।

बैंकिङ १०, विकास बैंक ७, फाइनान्स १३, जलविद्युत् १६, जीवन बीमा ९४, उत्पादन ४०, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ५४ र अन्य उपसमूह १ अंक घटे ।

होटल तथा पर्यटन १२ र व्यापार उपसमूह भने १० अंक बढे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077