Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सडक कालोपत्रे गर्दा दुई लाख १२ हजार भ्रष्टाचार, उपप्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले रामधुनी मन्दिर जाने मूल सडक कालोपत्रे गर्दा नियमितता गरेको भन्दै तत्कालीन उपप्रमुख र प्रमुख प्रशासकीय अधकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन उपप्रमुख सविनाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी र सव इन्जिनियर हर्षलाल चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

उनीहरूले नगरपालिकाको वडा नम्बर ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक कालोपत्रे गर्दा नियमितता गरेको अख्तियारका प्रवक्ता दाहालले बताए ।

कालोपत्रे सडक निर्माण कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाई बढी भुक्तानी गरेको आयोगको ठहर छ ।

त्यस्तै वडा नं.३ का तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, वडा नं ३.का तत्कालीन वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौ तहका सुनीलकुमार चौधरीले अनुगमनका क्रममा निर्माण कार्य सम्पन्न नहुँदै कार्य सम्पन्न भनी माइम्यूट गरी भ्रष्टाचार गरेको प्रवक्ता दाहालले बताए ।

उनीहरूविरुद्ध दुई लाख १२ हजार ७३ रुपैयाँ बिगरो र जरिवानाका माग दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077