Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गणतन्त्रको विरोध गर्नुको अर्थ छैन : कांग्रेस सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्।

आज भरतपुर विमानस्थलमा बोल्दै सभापति देउवाले गणतन्त्रको विरोध गर्नेहरुको अर्थ नरहेको बताएका हुन्।

गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु नडराउने बताए ।

सभापति देउवाले भने,'गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन। हामी अत्तालिएका छैनौँ।'

उनले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको बताए । सभापति देउवाले गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077