Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • सञ्चालनमा आयो यात्रु आफैंले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट

    सञ्चालनमा आयो यात्रु आफैंले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 744
    SHARES

    काठमाडौं । ट्राफिक व्यवस्थापनका लागि काठमाडौंको बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ ।

    ट्राफिक लाइट आज बिहानबाट सञ्चालनमा आएको हो । हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् ।



    बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।



    आजबाट अब बाटो काट्न पैदल यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् । जिल्ला अदालत अगाडिको सडकमा सो प्रविधि जडान भएको छ । जसको लागत १० लाख रुपैयाँ रहेको काठमाडौं महानगरले जनाएको छ ।

    पैदलयात्रीले लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्ने छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।

    त्यसपछि भने दुई मिनेट कुर्नुपर्ने छ । एक पटक बत्ती बलिसकेपछि २ मिनेटसम्म बत्ती बल्ने छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार