काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
आज छापावाला सुनको मल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
विवाहको सिजनको बेलामै सुनको मूल्य हालसम्मकै उच्च हो। विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ ।
नेपालीमा बजारमा छापावाला सुन १ लाख १७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
Leave a Reply