Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्सेमा उच्च अंकको वृद्धि, दुई अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा उत्साहजनक बृद्धि भएको छ ।

पछिल्लो समय शेयर बजारको ओरालो यात्रा रोकीएर आज उत्साहजनक बृद्धि भएको हो ।

आइतबार नेप्से २.५६ प्रतिशत अर्थात् ४७.७५ अंक बढेको छ । यस दिन २ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो ।

करिब २ महिनापछि मात्रै कारोबारले २ अर्ब नाघेको हो । यसअघि ९ असोजमा २ अर्बमाथिको कारोबार भएको थियो ।

आइतबार कुल २१४ कम्पनीको मूल्य बढ्दा २३ कम्पनीको घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहहरु बढेका छन् ।

जीवन बीमा समूह सबैभन्दा धेरै ४.४४ प्रतिशत बढ्दा फाइनान्स समूह ३.९१, निर्जीवन बीमा ३.६७ तथा व्यापार समूह ३.५८ प्रतिशत बढे ।

अंकका आधारमा वाणिज्य बैंक २१, विकास बैंक ९५, फाइनान्स ६३, होटल तथा पर्यटन ९०, जलविद्युत् ६०, जीवन बीमा ४४९, उत्पादन १५३, माइक्रोफाइनान्स ६७, निर्जीवन बीमा ३५८, अन्य २५ र व्या पार उपसमूह ९६ अंक बढे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077