काठमाडौं । नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् ।
सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनले यू–१९ एसिया कप खेल्ने भएका हुन् ।
सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने यू–१९ टिमका प्रशिक्षक जगत टमटाले बताए ।
सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन् ।
यू–१९ क्रिकेट टिम ६ मंसिरदेखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ ।
गुल्सन सहभागी भए पनि टिमको कप्तानी भने देव खनालले नै गर्ने छन्।
पछिल्लो समय यू–१९ विश्वकप छनोटका बेला गुल्सनले यू–१९ टिमको कप्तानी पनि गरेका थिए ।
Leave a Reply