Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कोशी प्रदेशको बजेट पूर्णरूपमा कार्यान्वयन हुन्छ : मुख्यमन्त्री कार्की

    कोशी प्रदेशको बजेट पूर्णरूपमा कार्यान्वयन हुन्छ : मुख्यमन्त्री कार्की

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 666
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका छन् ।

    आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गरेका हुन् ।



    आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक शनिबारको प्रदेश सभा बैठकमा पेश गरेका थिए ।



    अध्यादेशमा रहेको भन्दा ५० करोड आकार बढाउँदै उनले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश गरेका थिए । मुख्यमन्त्री कार्कीले बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गरे ।

    बजेट कनिकासरी नछरिने भन्दै उनले अब योजना आयोगले तय गरेका कामहरू प्राथमिकता र योजनाबद्ध तवरले हुने बताए ।

    प्रतिस्थापन विधेयकमा १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने, तमोरको पानी धरान ल्याउने, धुलो दूध र घिउ निर्यातमा अनुदान दिने, हात्तीमैत्री जंगल बनाउने, इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माण गर्ने लगायतका कार्यक्रम समावेश छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार