Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समितिको बैठक सोमबारबाट जलेश्वरमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

रास्वपाले मंसिर ११ गतेदेखि तीन दिनसम्म महोत्तरीको जलेश्वरमा बैठक बोलाएको हो।

बैठक मंसिर ११, १२ र १३ गते तीन दिनसम्म चल्ने छ । बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहनेछ ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077