स्याङ्जा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारका ठूला फाइल खुल्दै जाने बताएका छन् ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको विश्व सम्मेलन तथा अधिवेशनको उद्घाटन गर्दै कानुनमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
कानुनमन्त्री गुरुङले भ्रष्टचार गर्ने जो कोहीलाई पनि कसैलाई नछाडिने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो कुरा मिलेको बताए।
कानुनमन्त्री गुरुङले भने, ‘सेवा गर्ने पवित्र थलो राजनीतिमा नकारात्मक प्रभाव परेको छ। स्वच्छ छवि र राम्रा काम गर्ने व्यक्ति सधैभरी स्मरणयोग्य हुन्छन्।’
कानुनमन्त्री गुरुङले सुशासन कायम गर्नु सरकारको लक्ष्य रहेको बताए।
भ्रष्टाचार काण्डमा पार्टीको मुख नहेरी अघि बढेको जनाउँदै सरकारको रोडम्याप भएको जोड दिए।
अबको बाटोमा विचलित भयो भने प्रचण्ड नेतृत्वको सरकारले धेरै मूल्य चुकाउनुपर्ने कानुनमन्त्री गुरुङको भनाई छ ।
Leave a Reply