काठमाडौं । आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा भोलि बिहान ११ बजे बैठक बस्न लागेको हो ।
बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने बताइएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको आधिकारिक र ठोस धारणा सार्वजनिक गर्नेछ ।
उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व छ ।
Leave a Reply