काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज वीरगंज युनाइटेड एफसी र धनगढी एफसी खेल्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपरान्ह ५ः३० बजेदेखि सुरु हुनेछ । धनगढी प्रतियोगिताको साविक उपविजेता हो भने वीरगंजको भने यो ‘डेब्यू’ सिजन हो ।
मंसिर ८ गतेदेखि सुरु भएको एनएसएलको दोस्रो संस्करणमा कुल ९ टिमको सहभागिता छ ।
प्रतियोगितामा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी रहेका छन् ।
Leave a Reply