Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनताको अधिकार सुनिश्चितताका लागि एमाले नेतृत्व गर्न सक्षम छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हरेक कोणबाट कमजोर भइसकेकाले देशको रक्षाका लागि जनता नै अगाडि अग्रसर हुनुपर्ने बताएका छन् ।

नेपाल संवत् ११४४ को अवसरमा एमाले काठमाडौँ महानगर कमिटीद्वारा आयोजित शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले देशविरुद्ध अहिले विभिन्नखाले षडयन्त्र सुरु भएकाले सचेत रहन नेपाली जनतालाई आग्रह गरे । “नेपाललाई अस्थिर बनाएर फाइदा लिन खोज्ने तत्त्वहरूले पुनः नेपालमा षडयन्त्र सुरु गरेका छन्, जाती, धर्म र पहिचानको नाममा अराजकता मच्चाउने प्रयास गरिरहेका छन्, त्यसलाई परास्त गर्न सबै नेपाली एक ठाउँमा उभिनुपर्छ,” उनले भने ।

उनले देशको रक्षाका लागि एमाले नेतृत्व गर्ने शक्ति भएकाले देशको सीमा, जनताको अधिकार सुनिश्चितताका लागि हरतरहले नेतृत्व गर्न सक्षम रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077