Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • उर्लाबारी आगलागी घटना : घाइते थप १ जनाको मृत्यु

    उर्लाबारी आगलागी घटना : घाइते थप १ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 924
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मी पूजाको दिन भएको आगलागीको घटनामा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ ।

    उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो । सो घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।



    आईसीयूमा उपचाररत कार्कीको शनिबार बिहान ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । आगलागीमा उनको अनुहार, घाँटी, ढाड, दुवै हात र दुवै खुट्टासहित शरीरको ४० प्रतिशत भाग जलेको थियो ।



    उर्लाबारी–७ इटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा अचानक भएको आगलागी निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

    यो आगलागी घटनाका २१ जना घाइतेको अहिले पनि कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ५ जना छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार