Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार छ, सरकार डराएको देखेर लज्जित भए : रवि लामिछाने

बारा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंमा भइरहेको आन्दोलनलाई दबाउन सरकारले गरेको धरपकड लज्जास्पद रहेको टिप्पणी गरेका छन् ।

बाराको निजगढमा शुक्रबार साँझ आयोजित जनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सो टिप्पणी गरेका हुन् ।

उनले स्वतन्त्ररुपमा हिंडेका नागरिकलाई समाउँदै थुनेको घटना निकै लज्जास्पद् रहेको बताए । लोकतन्त्रमा प्रदर्शन र विरोध गर्न पाउने अधिकार रहेको भन्दै लामिछानेले सरकार डराएको देखेर आफू लज्जित भएको समेत बताए ।

आफ्नो हातबाट शासनसत्ता फुस्किने र आफ्नो कर्तुत जनताले थाहा पाउने भएका कारण सरकार डराएको सभापति लामिछानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077