Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रक्षामन्त्री खड्काले भने – प्रश्न व्यवस्थामा होइन, हाम्रो काम गर्ने शैलीमा उठेको हो

    रक्षामन्त्री खड्काले भने – प्रश्न व्यवस्थामा होइन, हाम्रो काम गर्ने शैलीमा उठेको हो

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 552
    SHARES

    काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् । रक्षामन्त्री खड्काले अहिलेको प्रश्न व्यवस्थामाथि नभएर नेतृत्वले काम गर्ने प्रक्रिया र शैलीमाथि रहेको दाबी गरे ।



    समयले माग गरेअनुसारको काम गर्न नसक्दा प्रश्न उठेको रक्षामन्त्री खड्काको भनाइ छ।



    संघ, प्रदेश र स्थानीय सरकार सञ्चलनका क्रममा सुशासन र जनताको चाहनाअनुसारको अपेक्षालाई केन्दबिन्दुमा राखेर तिब्र गतिमा गर्नुपर्ने सुधारहरु ध्यान केन्दित गर्न जरुरी रहेको बताए ।

    रक्षामन्त्री खड्काले नकारात्मक र भ्रमपूर्ण प्रचारले समाजमा नकारात्मक रुपमा प्रभाव पारेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार