Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • तत्कालीन वडासचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    तत्कालीन वडासचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 723
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिकाका एक वडासचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले मन्थली नगरपालिकाको वडा-३ का तत्कालीन वडा सचिव शिवकुमार महतोसहित दुईजना विरुद्ध मुद्दा दायर गरेको हो ।



    वडासचिव महत्तोले स्थानीय निर्मला खत्रीसँगको मिलेमतोमा निर्मला खत्रीको जीवित श्रीमानको मुत्यु भएको भन्दै जीवित व्यक्तिलाई मृत्यु भएको भनी गलत लिखत तयार गरेर ४५ हजार २२० रुपैयाँ हानिनोक्सानी गरेकोले महतो र खत्रीविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।



    सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    उक्त कार्यमा संलग्न मुख्य कसूरदार महतोलाई ४५ हजार २२० रुपैयाँ विगो कायम गरेको आयोगका प्रवक्ता दाहालले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार