Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्छ : रवि लामिछाने

    जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्छ : रवि लामिछाने

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 726
    SHARES

    वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्ने बताएका छन् ।

    मधेस प्रदेशको वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    सभापति लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गरे ।



    सभापति लामिछानेले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने अधिकार संविधानले नै दिएको स्मरण गराए ।

    सभापति लामिछानेले भने, ‘जोजो साथीहरू अहिले विभिन्न ढंगले आफूलाई अभिव्यक्त गरिरहनुभएको छ, विभिन्न कार्यक्रम गरिरहनुभएको छ, जनताको मुद्दा उठाउने सवालमा आवाज रोकिनु हुन्न । हामीले रोजेको बाटो र अरुले रोजेको बाटो एउटै हुनुपर्छ भन्ने छैन ।’

    सभापति लामिछानेले मिटरव्याज पीडित, लघुवित्त, सहकारी पीडित, जसले, जहाँबाट, जुन कोणबाट भुइँमा रहेका मान्छेको आवाज उठाउँछ, त्यसको राज्यले सम्मान गर्नुपर्ने बताए ।

    जसले जसरी अभिव्यक्त गरे पनि आफूलाई लागेको कुरामा विरोध गर्न पाउनुर्ने सभापति लामिछानेको भनाई छ । उनले निषेधको राजनीतिक लामो समय नटिक्ने समेत बताए ।

    जनतामा केन्द्रित मुद्दा उठाउनेमाथि कहीँकतै रोकटोक गर्न नहुने सभापति लामिछानेको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार