Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशविरुद्ध उजुरी आह्वान

    सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशविरुद्ध उजुरी आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 603
    SHARES

    काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।



    न्यायपरिषद्ले शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधिशमा सिफारिस गरेको थियो।



    न्याय परिषद्‌ले सर्वोच्च अदालतको रिक्त स्थायी न्यायाधीशका लागि उच्च अदालतका ४ र कानुन व्यवसायीकनट २ गरी ६ जनाको नाम सिफारिस गरेको थियो। सर्वोच्च अदालतमा ७ जना न्यायाधीशको दरबन्दी रिक्त रहेको छ।

    समितिका सभापति पशुपतिशम्शेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए।

    सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार