Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • अख्तियारले गर्‍यो सार्वजनिक नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरूसँग अन्तरक्रिया

    अख्तियारले गर्‍यो सार्वजनिक नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरूसँग अन्तरक्रिया

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 801
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरूसँग अन्तरक्रिया गरेको छ ।

    आयोगले हिजो बुधबार र आज टङ्गालमा सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिता सम्बन्धमा सार्वजनिक नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरूसँग दुई दिने अन्तरक्रिया कार्यक्रम गरेको हो ।



    अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार कार्यक्रमको पहिलो दिन आयोगका पदाधिकारीहरू र सार्वजनिक नियामक निकायका प्रमुखहरूको समुपस्थितिमा आयोगले दिएका सुझावहरूको कार्यान्वयनबाट भएका उपलब्धिहरू, सेवा प्रवाहमा देखिएका समस्या र समाधानका लागि भएका प्रयासहरूका बारेमा छलफल भएको थियो । यस्तै कार्यक्रममा आयोगका तर्फबाट प्रस्तुतीकरण समेत गरिएको उनले बताए ।



    यसैगरी कार्यक्रमको दोस्रो दिन आयोगका पदाधिकारीहरू, संस्थान सम्बद्ध विषयगत मन्त्रालयका सचिवहरू र सार्वजनिक संस्थानका प्रमुखहरूको समुपस्थितिमा सेवा प्रवाहमा देखिएका समस्या र समाधानका लागि भएका प्रयासहरूका बारेमा छलफल भएको थियो । कार्यक्रममा आयोग र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको तर्फबाट छुट्टाछुट्टै प्रस्तुतीकरण भएको प्रवक्ता दाहालले जानकारी दिए ।

    छलफलपछि सहभागी निकाय तथा संस्थाका प्रमुखहरूलाई माननीय प्रमुख आयुक्त र माननीय आयुक्तहरूबाट सार्वजनिक खरिद, सार्वजनिक सेवा प्रवाह, नियमनकारी भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने, कानुनको अक्षरशः पालना गर्नुपर्ने, आयोगबाट दिइएका सुझावहरूको गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने र संस्थानहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी उत्पादकत्व बृद्धि गर्नेतर्फ लाग्नुपर्ने विषयमा आवश्यक सुझाव तथा निर्देशन दिइएको थियो ।

    यस्तै विषयगत मन्त्रालयहरूले सहयोग र सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने तथा सार्वजनिक निकायहरूले भ्रष्टाचार नियन्त्रण तथा संस्थागत सुशासन प्रवर्द्धन गर्ने कार्य गर्नुपर्ने लगायतका विषयमा आवश्यक सुझाव तथा निर्देशनसहित कार्यक्रम सम्पन्न भएको प्रवक्ता दाहालले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार