Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा अहेवविरुद्ध भ्रष्टाचार मुद्दा

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा अहेवविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको मालिका गाउँपालिकामा कार्यरत अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले मालिका गाउँपालिका वडा नम्बर ५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेव देवबहादुर महताराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।



    अख्तियारले उनीविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र बनाएको आरोपमा मुद्दा दायर गरेको छ।



    राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरबाट जारी भएको एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी लोक सेवा आयोगबाट छनोट भई छापहिले स्वास्थ्य चौकी, गुल्मीमा नियुक्ति तथा पदस्थापन भई अहेव पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार