काठमाडौं । काम भन्दा धेरै फन्डा गर्ने मन्त्रीका रुपमा चिनिएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासन सुधारका नाममा हालै जम्बो समिति गठन गरेका छन् ।
पूर्वमुख्यसचिव पौडेलको नेतृत्वमा १० सदस्यीय मुल समिति र अन्य ५ वटा विषयगत समिति बनाएको हो । कुल गरेर ३२ जनाको समिति बनेको छ ।
मुल समितिमा पूर्वसचिवहरू शंकर कोइराला, शरदचन्द्र पौडेल, लक्ष्मी प्रसाद ढकाल, प्राध्यापक खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा.विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम सदस्य तथा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम सदस्य–सचिव छन् ।
विषयगत समितिमा भने विवादास्पद व्यक्ति समेत समाबेश छन् । कतिसम्म भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वससहसचिवलाई समितिमा राखिएको छ ।
नेपाल प्रहरीमा सुधारका लागि पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको नेतृत्वमा उपसमिति बनाइएको छ । जसमा पूर्वएआइजी बमबहादुर भण्डारी, पूर्वसहसचिव बसन्तराज गौतम, कानून तथा सरकारी वकिल समूहका एक पूर्वसहसचिव तथा सुरक्षा विषयका प्राध्यापक/ विज्ञलाई सदस्यमा थपिने उल्लेख छ ।
नेपाल प्रहरीका एसपी सो उपसमितिको सदस्य–सचिव रहनेछन् ।
यो उपसमितिमा रहेका बसन्तराज गौतमविरुद्ध गत वर्ष मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
धनुषाको सिडिओ हुँदा मुअब्जा वितरणमा अनियमितता गरेको अभियोग उनीमाथि छ । आफैं भ्रष्टाचार मुद्दा खेपिरेहका व्यक्तिलाई सुधार समितिमा राखेपछि गृहकै कर्मचारीले अचम्म मानेका छन् ।
१५ भदौ २०७९ मा आयोगले उनीसहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । गौतमलाई एक करोड १४ लाख ६६ हजार बिगो कायम गरीएको छ । नेपाली सेनाको लागि जग्गा अधिग्रहण कीर्ते मोही खडा गरी अनियमितता भएको थियो ।
Leave a Reply