Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • गणतन्त्र उल्टाउन चाहनेहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    गणतन्त्र उल्टाउन चाहनेहरूको सपना कहिल्यै पूरा हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 621
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना पूरा नहुने बताएका छन्।

    बुधबार शंखधर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले एकथरी तत्वहरु अहिले गरेको एउटा दुस्साह कहिले पूरा नहुने दाबी गरे।



    प्रधानमन्त्री प्रचण्डले भने,‘यो व्यवस्था ल्याउन हजारौंले रगत बगाएका छन्, जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन।’

    पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिम पटक टाउको उठाउन खोजेको उनले बताए।

    अहिले ल्याएको उपलब्धिमा शान्तिपूर्ण र सशस्त्र सबैखालको आन्दोलनको योगदान गरेको बताए।

    अहिलेको व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार