Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपभोक्ता समितिका अध्यक्षसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको धारापानी हिले उपभोक्ता समितिका अध्यक्षसहित तीनजना विरुद्ध आरोपपत्र दायर गरेको छ।

आयोगले काभ्रेको भुम्लु गाउँपालिका-४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई र कोषाध्यक्ष माधवप्रसाद चौलागाईंविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुले आपसी मिलोमतोमा संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट बदनियत राखेर अनियमित रुपमा रकम झिकी झिक्न लगाई ९ लाख १३ हजार २८० रुपैयाँ हिनामिना गरेको पाइएपछि अख्तियारले आरोपपत्र दायर गरे ।

उनीहरूविरूद्ध हिसाब-किताब नदेखाएको, समितिको साधारणसभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान गरेको थियो।

उनीहरूले बदनीयत राखी आपसी मिलेमतोमा उपभोक्ता समितिको बैंक खाताबाट ९ लाख १३ हजार २८० रूपैयाँ झिकेको खुलेपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले दायर गरेको मुद्दामा तीनै जनालाई कैद र हिनामिना भएको रकम बराबरको बिगो दाबी गरेको छ।

उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिमको सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो रकम निजहरुबाट असुल उपर हुन समेत मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077