पोखरा । पोखराको एक होटलमा अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
पोखरा महानगरपालिका ८ मा रहेको युनिक होटलमा मंगलबार बेलुकी तनहुँको भीमादकी ३८ वर्षीया सुकु विक अचेत अवस्थामा फेला परेकी थिइन्।
मंगलबार बेलुकी पौने ७ बजेतिर होटलमा अचेत भेटिएकी विकलाई उपचारका लागि अस्पताल लगिएको थियो।
उपचारका क्रममा विकको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Leave a Reply