Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सत्ता गठबन्धनका कारण देशको परिस्थिति गम्भीर बन्दैछ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका कारण देशको परिस्थिति अत्यन्त गम्भीर बन्दै गएको दाबी गरेका छन्।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले देशको सार्वभौम सत्ता र स्वाभिमानमाथि गठबन्धनले प्रहार गराइरहेको बताए ।

अध्यक्ष ओलीले भने, 'हाम्रो देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता जुन गर्व र स्वभाविमानमाथि प्रहार भएको छ । त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको छ । देशको लागि खतरनाक कुरा यही छ । सत्ता स्वार्थलाई केन्द्रमा राखेर गठबन्धन अगाडि राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हित कमजोर बनेको छ।'

सत्ताका लागि अरुका लागि कन्फटेबल हुँदा देशलाई अफ्ठ्यारोतर्फ धकेलिने खतरा बढेको धारणा राखे। उनले राजनीतिक रुपमा अस्थिरता रहेको बताए।

ओलीले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’अभियान सफल पार्न सबै नेता कार्यकर्तालाई निर्देशन दिए।

एमालेले झुलाघाटबाट मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’सुरु गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077