Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • दाउरा खोज्न जंगल गएका भुटानी शरणार्थीको हात्तीको आक्रमणबाट मृत्यु

    दाउरा खोज्न जंगल गएका भुटानी शरणार्थीको हात्तीको आक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 342
    SHARES

    फाइल फोटो

    झापा । जङ्गली हात्तीको आक्रमणमा परी एक भुटानी शरणार्थीको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्र्दा दमकको बेलडाँगीस्थित शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।

    डिभिजन वन कार्यालय झापाका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।



    शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा तामाङको बसोबास थियो । उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए ।



    साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार