Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • तीन शीर्ष नेताहरूबीच जुट्यो टीआरसी विधेयकमा सहमति

    तीन शीर्ष नेताहरूबीच जुट्यो टीआरसी विधेयकमा सहमति

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 537
    SHARES

    काठमाडौं । शीर्ष तीन राजनीतिक दलहरूबीच शान्ति सम्झौताका बाँकी कामहरू टुंगोमा पुर्‍याउनेबारे सहमति जुटेको छ ।

    शान्ति सम्झौताको १७ वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सो सहमति भएको हो ।



    उनीहरूबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा भेटवार्ता भएको थियो । सो भेटमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टीआरसी) बारे सहमति भएको बताइएको छ ।



    सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष पूरा भएको छ ।

    ‘नेपाल सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भई देशमा राजनीतिक परिवर्तनसहित शान्ति प्रक्रिया अगाडि बढेको १७ वर्ष पूरा भएको छ । यस अवधिमा शान्ति प्रक्रियाका अधिकांश कामहरू सम्पन्न भएका छन् । यद्यपि, केही महत्वपूर्ण कार्यभारहरू अझै पनि बाँकी छन् । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको सन्दर्भमा आज शान्ति सम्झौताका मुख्य साझेदार दलका नेताहरूसँग महत्वपूर्ण छलफल भएको छ। शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक कानुन निर्माण गर्ने कुरा हामी एकतावद्ध र प्रतिवद्ध छौं,’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार