Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति देउवा भन्छन् - कानुन अभावले जनताको मौलिक हक अधिकार पूर्णरूपमा स्थापित भएन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानुनको अभावमा जनताको मौलिक हक अधिकार पूर्णरूपमा स्थापित हुन नसकेको बताएका छन् ।

नेपाल ड्रेमोक्रटिक लयर्स एसोसिएसन (डीएलए नेपाल) को ३४ औँ स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले संविधानमा नागरिकको हक अधिकारको कुरा राखिएपनि कानुनको अभावमा उक्त हक अधिकार पूर्णरूपमा स्थापित हुन नसकेको बताए ।

संविधानमा उल्लेख नागरिकको हक अधिकार स्थापित गर्नका लागि आवश्यक कानुन बनाउन सबै गम्भीर हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077