Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते

कैलाली । भीमदत्त राजमार्ग अन्तरर्गत कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका-४ मा सोमबार साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको छ ।

उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077