Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • विस्तृत शान्ति सम्झौताको १८ वर्ष पूरा : पीडितले अझै न्याय पाउन सकेनन्

    विस्तृत शान्ति सम्झौताको १८ वर्ष पूरा : पीडितले अझै न्याय पाउन सकेनन्

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 648
    SHARES

    काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पुगेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो ।

    दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।



    सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो ।



    देशमा राजनीतिक परिवर्तन भयो । तर शान्ति सम्झौताअनुसार केही उपलब्धि र काम भए पनि सङ्क्रमणकालीन न्याय अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार