Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बन्द कोठाभित्र दाजुभाइ मृत फेला

    बन्द कोठाभित्र दाजुभाइ मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    दाङ । दाङको तुलसीपुरमा बन्द कोठाभित्र सहोदर दाजुभाइ मृत अवस्थामा फेला परेका छन् ।

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ डोक्रेना घर भई तुलसीपुर– ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत अवस्थामा फेला परेका हुन् ।



    आज बेलुकी ६ बजेतिर उनीहरू कोठामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।



    प्रारम्भिक रूपमा दाजुभाइले विषादी सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार