Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एक क्विन्टल चाँदी बरामद प्रकरण : भारतीय नागरिक ६० लाख ५० हजार धरौटीमा छुटे

    एक क्विन्टल चाँदी बरामद प्रकरण : भारतीय नागरिक ६० लाख ५० हजार धरौटीमा छुटे

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 1K
    SHARES

    काठमाडौं । भारतबाट तस्करीमार्फत सुनचाँदीको गरगहना ल्याएर बिक्री गर्ने विराटनगरका सुनचाँदी व्यवसायी ६० लाख धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् ।

    विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जाना ६० लाख ५० हजार ७५० रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।



    भरियामार्फत सुनचाँदीको गरगहना नेपाल ल्याएर बिक्री गरेको आरोपमा उनलाई विराटनगर भन्सार कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।



    गत कात्तिक २१ गते जानाले सञ्चालन गरेको पशुपति ज्वेलर्सबाट सरकारी टोलीले अवैध एक क्विन्टल चाँदीका गरगहना र १३ तोला सुन बरामद गरेको थियो ।​ उनीविरुद्ध सुनचाँदीको अवैध कारोबार गरेको अभियोगमा मुद्दा चलाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार