Online Nepal
  • बिहिबार, २७ भाद्र २०८१
  • गाजा पुग्यो फिल्ड अस्पतालका लागि बन्दोबस्तीको सामान

    गाजा पुग्यो फिल्ड अस्पतालका लागि बन्दोबस्तीको सामान

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 927
    SHARES

    फाइल तस्विर

    राफा । इजरायल र गाजा क्षेत्रको शासक हमासबीच अक्टोबर ७ मा भएको युद्धपछि पहिलोपटक जोर्डनले पठाएको फिल्ड अस्पतालका लागि बन्दोबस्तीका सामान सोमबार गाजा पट्टीमा पुगेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

    गाजा अस्पतालका महानिर्देशक मोहम्मद जकाउतले भने, “अक्टोबर ७ पछि प्रत्येक दिन सयौँ घाइतेहरूको आगमन र हवाई आक्रमण जारी छ । घाइते र बिरामीहरूलाई लिनको लागि दक्षिणी अस्पतालहरूले सामना गरिरहेको विपत्तिपूर्ण परिस्थितिका कारण खान युनिसमा फिल्ड अस्पतालको स्थापना गर्न लागिएको हो ।



    गाजामा करिब ३० हजार घाइते व्यक्ति उपचारको पर्खाइमा रहेको हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजामा मृत्यु हुनेको सङ्ख्या १३ हजार नाघेको र तीमध्ये अधिकांश सर्वसाधारण रहेको मन्त्रालयले आइतबार जनाएको छ ।



    इजरायली अधिकारीहरूका अनुसार हमासका लडाकूहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो । जसमा अधिकांश सर्वसाधारण पनि थिए भने करिब २४० जनालाई बन्धक बनाइएको थियो ।

    हप्तौँदेखिको भीषण बमबारी र इन्धन तथा स्वास्थ्य सामग्रीको चरम अभावका कारण गाजाका अधिकांश अस्पतालले काम गर्न छाडेका छन् ।

    गाजास्थित ‘मेडिकल एड’का प्रमुख एड यागीले फिल्ड अस्पतालले विद्यमान स्वास्थ्य सेवाहरूको दबाब कम गर्न मद्दत गर्ने बताए । याघीले एएफपीसँग भने, “सीमित स्वास्थ्यकर्मीको सङ्ख्या र एम्बुलेन्स सेवाले तत्कालका लागि उपचार सेवा प्रबाह गर्नेछन् ।”

    जोर्डनको फिल्ड अस्पताल १७ जना सुरक्षाकर्मी र ४० ट्रक मेडिकल सहायतालिएर गाजा पुगेको थियो । इजिप्टसँगको राफा नाका हुँदै गाजा प्रवेश गर्ने सबै सामान र व्यक्तिहरू इजरायली स्वीकृतिमा मात्र प्यालेष्टिनी क्षेत्रमा प्रवेश गर्न पाउँछन् ।

    गाजाको ‘क्रसिङ अथोरिटी’का प्रमुख हिशाम अद्वानले कुवेतबाट ६ वटा एम्बुलेन्स पनि सोमबार गाजा प्रवेश गरेको जानकारी दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार