काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा पाँच जनाभन्दा बढी भेला हुन निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशअनुसार पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पूल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।
आजदेखि ३० दिनसम्म यो निषेधाज्ञा कायम हुने प्रशासनले जनाएको छ । अब सो क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने भएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम यस्तो आदेश जारी गरिएको छ । यसअघि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएको थियो ।
Leave a Reply