झापा । झापामा एक जनाले खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।
झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँलाई खुकुरी प्रहार गरी आत्महत्या गरेका हुन् ।
स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
गएराति अकस्मात खुकुरी र लाईट लिएर बिरालो मार्ने भन्दै तामाङ घरबाट निस्किएका थिए ।
घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए ।
घटनासम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Leave a Reply