Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सुनजस्तो देखिने धातुसहित रसुवाबाट तीन जना पक्राउ

    सुनजस्तो देखिने धातुसहित रसुवाबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 783
    SHARES

    फाइल तस्विर

    रसुवा । रसुवा प्रहरीले गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट सुनजस्तो देखिने पहेँलो धातुसहित ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा आमाछोदिङ्मो गाउँपालिका-१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तमाङ, सोही गाउँपालिका-५ चिलिमे बस्ने १६ वर्षीया किशोरी र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय लक्ष्मी तामाङ रहेका छन्।



    प्रहरीले उनीहरुको साथबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको छ ।



    सोही ठाउँस्थित नेपाल-चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ५ थान बेरूवा औँठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार