Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – देशमा चिकित्सा शिक्षा स्थापित गर्ने प्रयास भइरहेको छ

    प्रधानमन्त्री प्रचण्डले भने – देशमा चिकित्सा शिक्षा स्थापित गर्ने प्रयास भइरहेको छ

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 963
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय रुपमा नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि हाम्रो चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रको रुपमा स्थापित गर्ने बताएका छन् ।

    सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल सरकार चिकित्सा शिक्षा आयोग बाह्रौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले मुलुकमा चिकित्सा जनशक्ति उत्पादन र रोजगारी बीचको अन्तरसम्बन्धको आधारमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीहरुको आकर्षण र देशको स्वास्थ्य सेवा प्रवाह जोडिएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘‘हाल उत्पादन भएका जनशक्तिहरुका लागि सम्मानजनक रोजगारीका अवसर सुजना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउनु र आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आँकलनका आधारमा अध्ययनका अवसर वृद्धि गर्दै लैजानु वर्तमान समयमा अपरिहार्य भएको छ ।’

    प्रधानमन्त्री प्रचण्डले हाल चिकित्सा शिक्षा क्षेत्रमा तथ्य र प्रमाणमा आधारितभन्दा अपुष्टरुपमा बजारमा ल्याइने काल्पनिक सूचनाले सेवा प्रदायक संस्थाहरु, अभिभावक तथा विद्यार्थीहरु, नियामक निकायहरु र नीति निर्माण तहमा समेत सही निर्णय दिन कठिन भइरहेकोमा आयोगबापट तयार भएको जनशक्ति प्रक्षेपण योजना अनुसार क्रमशः जनशक्ति उत्पादनको आधार तय गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार