Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ केन्द्र भएर भूकम्प

धनगढी। बझाङ केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।

सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङसहित बैतडी, बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

गत असोज १६ गते बझाङ नै केन्द्र बनाएर गएको भूकम्पले जनधनको क्षति भएको थियो।

त्यतिबेला भूकम्पबाट १ जनाको मृत्यु भएको थियो भने ठूलो संख्यामा भौतिक संरचनाहरु भत्किएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077