Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेमा फर्किए समाजवादीका केन्द्रीय सदस्य बम

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोपाल बम एमालेमा फर्किएका छन् ।

सोमवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनी एमालेमा फर्किएका हुन् ।

२०७४ मा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बम एमाले विभाजनताका माधव नेपाल पक्षमा लागेका थिए ।

एमाले विभाजनमा सनाखत गर्ने माधव नेपालका २३ सांसदमध्ये उनी पनि एक थिए ।

बमले आफूसहित कार्यकर्ता प्रवेशका लागि कर्णालीमा चाँडै अध्यक्ष ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम राखिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077