Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • इजिप्टले युद्धग्रस्त गाजामा पठायो सहायता सामग्री

    इजिप्टले युद्धग्रस्त गाजामा पठायो सहायता सामग्री

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 957
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा सहायता पठाएको छ।

    इजिप्टको ताह्या मिस्र कोषले उपलब्ध गराएको २ हजार ५०० टन सहायता प्याकेज बोकेका ट्रकहरु रफाह सीमा नाका हुँदै गाजा पठाइएको हो ।



    इजिप्टको राजधानी कायरोमा आयोजित उद्घाटन समारोहमा इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले गाजामा हालसम्म २ तिहाइभन्दा बढी सहयोग इजिप्टबाट पठाएको बताए।



    इजरायलले अक्टोबर ७ मा गाजा–सत्ताधारी हमास लडाकूहरूको नेतृत्वमा भएको आक्रमणको बदलास्वरूप गाजा पट्टीमा आक्रमण गरिरहेको छ। हमासको आक्रमणबाट इजरायल क्षेत्रमा १ हजार २०० जना मारिएका छन्।

    हमास समूहले २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएको छ। जारी द्वन्द्वले तटीय एन्क्लेभमा १२ हजार प्यालेस्टाइनीहरूको मृत्यु भएको छ। गाजा पट्टीमा पानी, बिजुली, इन्धन र अन्य आवश्यक सामग्रीको आपूर्ति बन्द गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार