Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३२ घाइते

इलाम । इलामको रोङ गाउँपालिकामा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गाउँपालिकाको किटानीमा यात्रुबहाक बस दुर्घटना हुँदा करिब १० वर्षका बालकको मृत्यु भएको हो ।

धनुषाको धारापानीबाट घुम्नका लागि आएको टोली फर्कदै गर्दा आइतबार अपराह्न दुर्घटना भएको र ३२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घाइते ३२ जनालाई थप उपचारका लागि झापाका विभिन्न अस्पताल लगिएको छ । बसमा ४० जना सवार रहेका थिए । दुर्घटनामा परी घाइते भएकाहरूको सनाखत भने भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077