Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • अस्ट्रेलियाविरूद्ध अर्धशतक प्रहार गरेका केएल राहुल पनि आउट

    अस्ट्रेलियाविरूद्ध अर्धशतक प्रहार गरेका केएल राहुल पनि आउट

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 894
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाका मिचेल स्टार्कले छैटौँ सफलता दिलाएका छन् ।

    भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले अर्धशतक बनाएका केएल राहुललाई छैटौँ विकेटको रुपमा गुमाएको हो ।



    राहुलले भारतीय टिमको स्कोरबोर्डमा ६६ रन थपे । जारी खेलको ४१.४ ओभर समाप्त हुँदा भारतले ६ विकेट गुमाएर २०३ रन बनाएको छ ।



    यसअघि, भारतीय टिमको खातामा कप्तान रोहित शर्माले ४७, विराट कोहलीले ५४ रन थप्दा श्रेयस ऐयर र सुभमन गिलले समान चार रन जोडेका थिए । रविन्द्र जडेजा नौ रनमा आउट भए ।

    दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार