Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • सत्ता गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    सत्ता गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 780
    SHARES

    रुकुम। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने दाबी गरेका छन् ।

    ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रूपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले नेपाल विश्वमा भ्रष्टाचारको कारणले बद्नाम भएपछि सरकारले भ्रष्टाचारीहरुविरुद्ध अभियान थालेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हिजो भ्रष्टाचारमा लागेका मन्त्री र कर्मचारीहरु जेलमा छन् । सरकारी जग्गा व्यक्तिको नाममा बनाएर त्यसबाट राज्यलाई ठग्नेविरुद्ध पनि सरकार अभियान चलाएको छ । यस्तै, तस्करी गरेर अकुत सम्पत्ति कमाउने गिरोह हरुलाई पनि गिरफ्तार गरेर यही सरकारले गरेको छ ।’

    माओवादी केन्द्र नेतृत्वको सरकारले पहिलो चोटी सुरु गरेको अभियानले जाली फटाहा, शोशक, दलाल, नोकरशाहहरु आत्तिएको टिप्पणी गरे ।

    धेरैले सरकार र गठबन्धनको बारेमा विभिन्न भ्रम सिर्जना गर्ने षड्यन्त्र पनि गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

    वर्तमान सत्ता गठबन्धन पुरै पाँच वर्ष जानेसमेत प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार