काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताका विषयमा छलफल भएको छ।
माओवादीका वार्ता समिति संयोजक कृष्णबहादुर महरा र समाजवादीका वार्ता समिति संयोजकबीच भएको बैठकमा पार्टी एकताको लागि दुवै पार्टीलाई एकता संयोजक समिति गठन गर्न सुझाव दिनेबारे छलफल भएको हो।
बैठकमा वार्ता समितिको विगतका गतिविधिबारे जानकारीसमेत गराइएको थियो। दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने बताईएको छ ।
छलफलमा पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरेअनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको छ ।
दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको महरा र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Leave a Reply