Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एकदिवसीय विश्वकप फाइनल

    अष्ट्रेलियाले दियो भारतलाई पहिले ब्याटिङको निम्तो

    अष्ट्रेलियाले दियो भारतलाई पहिले ब्याटिङको निम्तो

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतले अष्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

    गुजरातजस्थित नरेन्द्र मोदी स्टेडियिममा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्ने भएको हो ।



    विश्वकप क्रिकेटको इतिहासमा भारत र अस्ट्रेलिया दोस्रोपटक उपाधिका लागि भिड्दैछन्। १



    २ वर्षपछि विश्वकप क्रिकेटको फाइनल पुगेको भारत उपाधिका लागि तीव्र दबाबमा छ। भारतले हालसम्म २ पटक विश्वकपको उपाधि हात पारेको छ।

    सन् १९८३ मा वेस्ट इन्डिज र २०११ मा श्रीलंकालाई पराजित गर्दै भारतले विश्वकपको उपाधि हात पारेको थियो।

    अस्ट्रेलियाले भने १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि चुमेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार