Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 381
    SHARES

    रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

    रुकुम पूर्व पुगेका प्रधानमन्त्री प्रचण्डले जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।



    कार्यालय प्रमुखहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिए ।



    उनले सरकारले देशमा सुशासन, सामाजिक न्याय र सम्वृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गरे ।

    रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज त्यहाँ पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार