Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • महिला टी-२० शृङ्खलामा नेपाल तेस्रो, जापान ४५ रनले पराजित

    महिला टी-२० शृङ्खलामा नेपाल तेस्रो, जापान ४५ रनले पराजित

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 657
    SHARES

    काठमाडौं । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी—२० क्रिकेटमा तेस्रो स्थानका लागि भएको खेलमा जापानलाई पराजित गर्दै नेपाल ४५ रनले विजयी भएको छ।तेस्रो स्थानका लागि आइतबार खेलिएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको हो ।

    टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जापानले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो ।



    पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर पूजा महतोले ४३ रनको योगदान गरिन् । उनले ५१ बलमा सामना गरी तीन चौका पनि हिर्काइन् । रोमा थापाले पनि टोलीको खातामा २२ रन थपिन् ।



    रन आउट भई पेभेलियन फर्किनुअघि उनले १९ बलमा तीन चौका प्रहार गरिन् । पूर्वकप्तान रुबिना क्षेत्रीले पनि टोलीका लागि २१ रनको योगदान गरिन् । उनी पनि रन आउट भएकी थिइन् । उनले १९ बलमा दुई चौका प्रहार गरिन् ।

    कप्तान इन्दू बर्माले १२ रन बनाइन् । उनले २१ बलमा सामना गरी एक चौका हिर्काएकी थिइन् । नेपालका अन्य ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेनन् । जापानकी बलर अहिल्या चन्डेल, एरिका क्विन र आयुमी फुजिकावाले एक—एक विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको जापानका लागि ओपनर अकारी निसिमुराले सर्वाधिक २९ रन बनाइन् । उनले ५१ बलमा दुई चौका प्रहार गरिन् । अर्की ओपनर हिनासे गोतोले पनि १६ रन जोडिन् । उनले ३४ बलमा एक चौका प्रहार गरिन् ।

    दुबै ओपनरले टोलीका लागि ३७ रनको साझेदारी गरेका थिए । अहिल्या चन्डेलले ११ रन जोडिन् । जापानका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर संगिता राई इन्दू बर्मा, सीता रानामगर, खुसी डंगोल र सोनी पाख्रिनले एक—एक विकेट लिए ।

    चार राष्ट्र सम्मिलित शृङ्खलाको फाइनल खेल आइतबार दिउँसो आयोजक हङ्कङ र जान्जनियाबिच खेलिने छ । नेपाली टोली लिग चरणको आफ्नो पहिलो खेलमा तान्जनियासँग २७ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाललाई हङ्कङले नौ विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार