Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देश कमजोर बनाउन नेपाली सेनामाथि आक्रमण हुँदैछ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको अराजकता आफुहरु टुलुटुलु हेरेर बस्न नसक्ने प्रष्ट पारेका छन् ।

शनिवार केन्द्रीय कार्यालयमा आयोजित जनसंगठन पदाधिकारीहरूको विशेष भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले सरकार चलाउनेहरू नालायक भए भन्दैमा एमाले सामाजिक अराजकता टुलुटुलु हेरेर बस्न नसक्ने प्रष्ट पारे। महासचिव पोखरेलले न्याय र सत्यका पक्षमा एमाले पङ्क्ति उभिन सक्छ भन्ने मान्यता स्थापित गर्न जरुरी रहेको बताए ।

महासचिव पोखरेलले भने,'हामी सत्तामा छैनौँ त्यसैले केही वास्ता छैन भनेर बस्न मिल्छ ? यो सरकार नालायक भयो भन्दैमा एमाले गैर जिम्मेवार बन्न सक्छ ? समाजलाई सही बाटोमा हिँडाउने दायित्व राज्यसत्ताको हो भनेर हामी उदासीन बन्न सक्दैनौँ । शासकहरूका कर्मले फैलिएको निराशा र अराजकतालाई चिर्नका लागि कोही न कोही त अगाडि आउनुपर्छ । त्यो कोही न कोही भनेका एमालेका युवा विद्यार्थी हुन् ।'

महासचिव पोखरेलले सरकार चलाउनेहरूको कमजोरी र उदासीनताका कारण मुलुक धेरै खाले अराजकता र साम्प्रदायिक विद्वेषतर्फ गइरहेको भन्दै एमाले यस्तो अवस्थामा चुप लाग्न नसक्ने बताए ।

अहिले मुलुकमा एमाले र नेपाली सेना दुई वटा शक्तिमाथि आक्रमण भइरहेको भन्दै यी दुई शक्तिलाई कमजोर पार्दा नेपाल राष्ट्र कमजोर हुने भएकाले यी घटना बढिरहेको महासचिव पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077