काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुले प्रदर्शन गरेका छन् ।
आज माइतीघरमा टिकटकरहरुले सरकारले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, प्रधानमन्त्रीलाई तानाशाह नबन्न तथा सर्वोच्च अदालतलाई न्याय दिन माग गरेका थिए ।
सरकारको यो निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भइसकेको छ । रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
Leave a Reply